सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा अतिक्रमण विरुद्ध धनगढीमा ‘सडकमा स्रष्टाहरूको आवाज’

२०७६ कार्तिक २४, ०६:४४ खबर संवाददाता

नेपाली भूमि भारतीय नक्सामा राखिएपछि देशभर विरोधका कार्यक्रमहरु भईरहेको बेला धनगढीमा भने ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रमको अयोजना गरिएको छ। कार्यक्रममा स्रष्टाहरुले आफ्ना रचना मार्फत सीमा अतिक्रमणको विरोध जनाएका छन्।

प्रगतिशील लेखक संघ, नेपाल सुदूरपश्चिमको आयोजनामा भएको कार्यक्रममा स्रष्टाहरूले विभिन्न साहित्यिक रचना र गीत सङ्गीत मार्फत सीमा अतिक्रमणको विरोध जनाएका हुन्। स्रष्टाहरुले आफ्ना सिर्जना मार्फत भारतीय विस्तारवादको विरोध गरेका थिए भने नेपाली भूमी फिर्ता हुनुपर्ने माग पनि गरेका थिए।

देशभरी विरोधका कार्यक्रम आयोजना भईरहेको बेला साहित्य मार्फत तिनै कार्यक्रममा ऐक्यवद्धता जनाउन ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रम आयोजना गरिएको प्रगतिशील लेखक संघ, नेपाल सुदूरपश्चिमका अध्यक्ष जनक रसिकले बताए।

गत १६ गते भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभागहरू समेटेको छ। 
 

कमेन्ट लोड गर्नुस