सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विप्लव समूहका १६ जना पक्राउ

२०७६ कार्तिक २२, ०७:३३ खबर संवाददाता

प्रहरीले बाजुराबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १६ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको छ। पर्टीका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ जनालाई पक्राउ गरिएको हो। 

जिल्लाको गौमुल गाउँपालिका ३ माझपाली बाट उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले वताए। प्रक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका २ छतारा घर भएका जिल्ला कमिटि सदस्य डम्मर सुनार पनि रहेका छन्। अन्य १४ जना भने बिपल्ब समुहका साधारण सदस्य रहेको प्रहरीले जनाएको छ।

अछाम ढकारी गाउँपालिका २ बस्ने २४ कर्षका नरेश शाही, कैलाली घोडाघोडी १ बस्ने २८ बर्षका दिपक प्रकाश सुनार, बाजुरा हिमाली १ का अमलाल थापा, सोही ठाँउका धर्म बहादुर थापा पनि पक्राउ परेका छन्।

यस्तै अछाम बिनायक ८ का उदय कसेरा, सोही नगरपालिका २ का राजेश कुमार शाही, ७ का डबल बहादुर नेपाली, अछाम तुर्माखाद गाँउपालिका ७ का डबल बहादुर नेपाली, बाजुराको हिमाली गाँउपालिका १ का धरम सिंह बोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्मा विक, अस्मीता विक, सुस्मिता विक, अछामको ढकारी २ बस्ने कमला बिक र अछाम मष्टा गाँउपालिका १ बस्ने सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।

बझाङ्ग जिल्ला बाट बाजुरा तिर आउदै गर्दा प्रहरीले समातेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस