सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुटनितिक पहल गरी नेपाली भूमी समावेश भारतीय नक्सा खारेज गर्न सरकारसंग माग

२०७६ कार्तिक २२, ०२:५१ खबर संवाददाता

नेपाली भूमी समावेश गरी सार्वजनिक गरिएको भारतीय नक्सा खारेज गराउन कुटनितिक पहल गर्न सरकारसंग माग गरिएको छ। नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववीयुले जिल्ला प्रशासन कार्या लय कञ्चनपुर मार्फत ध्यानाकर्षण पत्र बुझाउदै कुटनितिक पहल गर्न माग गरेको हो।

भारतले अन्तराष्ट्रिय कानून विपरीत नक्सा जारी गरेको भन्दै अविलम्ब खारेज गरी लिपुलेक, कालापानी र लिपियाधुरा लगायतका नेपाली भूमीमाथिको गिद्दे दृष्टि हटाउन माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘यस्ता खाले गतिविधीलाई रोक्न नेपाल सरकारले कुटनितिक पहल गरोस् अन्यथा अन्तराष्ट्रिय अदालत समक्ष संयुक्त राष्ट्र संघ मार्फत भारतीय शासकहरुको यस्तो खाले रवैया प्रवृत्ति विरुद्ध आम राष्ट्रवादी  नेपालीहरु एकजुट भएर  लड्ने चेतावनी दिन चाहान्छौँ।’

युवा विद्यार्थीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो। 

 

कमेन्ट लोड गर्नुस