सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरी जन्मिएपछि सिस्नोझारीमा फाले, दोश्रो दिन सम्म जिउँदै रहिछ

२०७६ कार्तिक २१, ०४:२७ खबर संवाददाता

बाजुरा– बुढिनन्दा नगरपालिका १० पाण्डुसेन बस्ने ५४ बर्षिय बिस्ना गुरुङ्ग १५ सन्तानकी आमा हुन्। ८ सन्तान जिबितै छन्, ७ को मृत्यु भईसक्यो। 

उनले धेरै छोरी जन्माइन्, एकपटक त बाटामै छोरी जन्मेको भन्दै सिस्नो झारीमा पनि फालिन्। अहिले सिस्नो झारीमा फालेकी उनकी छोरी कक्षा १० मा अध्यनरत छिन्।

बिस्ना भन्छिन्, ‘एक पटक औल झर्दा बाटोमा छोरी पाएँ। पाउने वित्तिकै श्रीमान र म भएर छोरीलाई नजिकैको सिस्नो झारीमा लगरे फाल्यौ। धेरै बच्चा भए मरे मरोस भनेर फाल्यौ। ८ घण्टा पछी भिउपानीकी मेरी बौरानी (भाइकी श्रीमती) ले झारीबाट टिपेर ल्याइन्।

बाहिर हिउँ परिरेहको थियो। उ रुदै थिइ।’ उनले अगाडी भनिन्, बौरानीले रिसाउँदै, जन्मिसकेपछि किन फालेको ? जस्तो भए पनि पाल्नु पर्छ भनिन्। अनि हिउँ पुछपाछ गरेर पाल्यौ। अहिले ठुली भएकी छे। 

एकातिर धेरै बच्चा पाँउनु अर्कोतिर छोरी जन्मीदा यस्तो गरेको बिस्ना बताँउछिन्। 
 

कमेन्ट लोड गर्नुस