सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ६९ सकेट बम फेला, नेपाली सेनाद्धारा डिस्पोज

२०७६ कार्तिक २०, ०५:५४ डीवि विष्ट

बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ को विकट गाउँ दानतोलीमा फेला परेका सकेट बमहरु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। द्वन्द्धकालमा लुकाई राखेको अवस्थामा फेला परेका ६९ वटा सकेट बम र एक सय ४९ पोका विस्फोटक पदार्थ डिस्पोज गरिएको हो।

कालो प्लाष्टिकको ड्रम भित्र बुंगल नगरपालीका वडा नम्बर ६ का देउमल धामीको बारीमा उक्त सकेट बमहरु फेला परेकोे संग्राम सार्दुल गुल्म पानकोट बझाङका मेजर तारा बहादुर खड्काले जानकारी दिए। मंगलबार बेलुका धामीले खेत जोत्ने क्रममा कालो प्लाष्टिकको ड्रममा खाल्टो बनाई लुकाई राखेको अवस्थामा सकेट बमहरु फेला परेका थिए। सकेट बम र विस्फोटक पदार्थ संग्राम सार्दुल गुल्म पानकोट ब्यारेकका मेजर तारा बहादुर खड्काको नेतृत्वमा गएको ११ जनाको टोलीले डोस्पोज गरेको हो।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस