सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सुरुङमा फसेका चौथा मजदुरको शव पनि निकालियो

फाईल फोटो : सोमबार बझाङमा सुरुङमा फसेका मजदुरको शव निकाल्दै सशस्त्र प्रहरी
फाईल फोटो : सोमबार बझाङमा सुरुङमा फसेका मजदुरको शव निकाल्दै सशस्त्र प्रहरी
२०७६ कार्तिक १९, ०१:३३ खबर संवाददाता

बझाङको बुंगलमा निर्माण भईरहेको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका चौथा मजदुर पनि मृत अवस्थामा फेला परेका हुन्। उद्दारमा खटिएको सशस्त्र प्रहरीको टोलीले सुरुङमा फसेका बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव पनि निकालेको छ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वको टोलीले केहीबेर अघि धामीको शव बाहिर निकालिएको जनाएको छ। यसअघि सोमबार सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, सोही ठाउँका ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव निकालिएको थियो।

तर धामीको शव भेटाउन सकेको थिएन। आईतबार दिउँसो करिब साढे तीन बजे सुरुङ भित्र काम गर्नका लागी गएका चारजना मजदुर वेपत्ता भएका थिए। विपद व्यवस्थापक सहित उद्दारमा तालिम प्राप्त सशस्त्र प्रहरी निरिक्षक कटुवाल लगायतको नौ जनाको टोली सोमबार घटना स्थल पुगेको थियो।      

कमेन्ट लोड गर्नुस