सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चुरोटको ठुटोले परालमा आगलागी

२०७६ कार्तिक १९, ११:११ खबर संवाददाता

चुरोटको ठुटोले कञ्चपुरको बेलौरीका एक स्थानीयको परालमा आगलागी भएको छ।  बेलौरी नगरपालीका वडा नम्बर ६ स्थित प्रेमनगरका राजेन्द्र प्रशाद कलौनीको परालमा सोमबार साझँ आगो सल्केको हो। 
पराल नजिकै केहि व्यक्ति चुरोट खाईरहदा ठुटोले आगो सल्केको हुन सक्ने कञ्चनपुर प्रहरीले आसंका गरेको छ।

आगलागी बाट कलौनीले खरिद गरेको एक बिघा क्षेत्रफलको पुरै पराल नष्ट भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए। उनले नगरपालीकामा दमकल नहुदा आगो निभाउन नसकिएको बताए। 
 

कमेन्ट लोड गर्नुस