सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा असिनापानीले अन्नबाली नष्ट

२०७६ कार्तिक १९, १०:०० खबर संवाददाता

बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको छ। स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः००  बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पु¥याएको छ। उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार एक सय कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताए। 

नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताए। नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उनले बताए। रासस
 

कमेन्ट लोड गर्नुस