सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद

२०७६ कार्तिक १८, ०६:१० खबर संवाददाता

बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन्। बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो। बर्काउले हाउस अफ कमन्समा लगातार १० वर्ष सभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो। युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का समर्थक समेत रहेको सभामुख बर्काउ बेलायती संसदमा निकै प्रभावशाली व्यक्ति थिए।

बेलायतको संसदको सभामुखका लागि आठ जना प्रतिस्पर्धी छन् जसमा बर्काउका तीन जना उपप्रमुखहरु लिन्ड्से होयल, रोजी विन्टर्टन र एलिनार लाइङ तथा लेबर पार्टीका नेता हारियट हर्मन रहेका छन्। उम्मेदवार हुन चाहने प्रत्येक व्यक्तिलाई सांसदहरुसँग छलफल गर्न पाँच मिनेटको समय दिइने बताइएको छ। मतदान भने गोप्य हुनेछ। प्रत्येक मतदानमा सबैभन्दा कम मत ल्याउने व्यक्ति हट्दै जाने र अन्तमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति निर्वाचित भएको घोषणा गरिनेछ। रासस

कमेन्ट लोड गर्नुस