सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सुरूङ भित्र फसेका तिन मजदुर मृत फेला

२०७६ कार्तिक १८, ०३:५८ डीवि विष्ट

बझाङको बुंगल नगरपालिकामा निर्माण भईरहेको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका तिन जना मजदुर मृत फेला परेका छन्। उद्धार गर्न घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायल डोटी बाट ५ जनाको विषेश टोलीले तीन जना मजदुरलाई मृत फेला पारेको हो। तिनै जनाको शव करिब एक किलो मिटर भित्र फेला परेको हो। 

बाँकी एक जना सुरुङ भित्रै फसकेका छन्। आईतबार दिउसो करिब साढे तीन बजे सुरुङ भित्र काम गर्नका लागी गएका दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाही, सोही गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाउँपालीका वडा नम्बर ६ का २८ बर्षिया महेन्द्र साँउद र बझाङको बुंगल नगरपालीका वडा नम्बर १ का ३५ बर्षिया शेर सिहँ धामी पसेका थिए। 

स्थानीय तथा पत्रकार मकरराज धामीका अनुसार सुरुङ भित्र ट्याक्टर समेत लिएर गएका उनिहरु सबै मृत अवस्थामा हुन सक्ने उद्धार टोलीले जनाएको छ। सुरुङ भित्र अक्सिनजको मात्रा निकै न्युन रहेको र  हाईकेमिकल ग्यासको मात्रा बढी भएका कारण सुरुङ भित्र लामो समय बस्न कठीन भएको उद्धार टोलीले जनाएको छ।

अहिले शव बाहीर ल्याउनका लागी फेरी टोली सुरुङ भित्र पस्ने तयारी गरीरहेको छ। विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक सहित गरि नौ जनाको टोली उद्धारका लागी सोमबार दिउसो साढे २ बजे घटनास्थलमा पुगेको  थियो।

आइतबार दिउँसो सुरूङ भित्र काम गर्न छ जनाको टोली पसेपनि दुई जना भने श्वासप्रश्वासनमा समस्या भएको भन्दै सुरुङको विचबाटै बाहीर निस्किन सफल भएका थिए। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेय संगै सशस्त्र प्रहरी नेपाल प्रहरी नायब उपरिक्षक लगायतको टोली पनि पुगको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस