सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी मुगा, १८ सन्तानकी आमा

२०७६ कार्तिक १८, ०१:१० प्रकाश सिंह

बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिका १ बस्ने ५२ बर्षिय मुगा गिरीले १८ बच्चा पाईन्। १७ पटक सुत्केरी भएकी उनले अन्तिममा जुम्ल्याह छोरी जन्माइन्। उनका आठ सन्तान जिवित छन् भने ९ सन्तानको जन्मेको केही समयमै मृत्यु भयो। 

जुम्ल्याह दुइ छोरी मध्ये एक छोरी मात्र बाचेकी छिन्। उनले सबै बच्चा घर र जगंलमा जन्माएको वताईन्।

‘केही घरेलु सुडेनीको साहारामा बच्चा पाए, स्वास्थ्य सस्थामा कहिले पनि गईन्, अहिले पेटदुख्ने, ढाड दुख्ने समस्या भएको छ। बच्चा पाउँदा पाठेघर पनि बाहिर आएको थियो। पछि सुडेनीले हातले भित्रहालि दिइन।’ उनले भनिन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस