सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा निर्माणाधिन कालंगा हाईड्रोको सुरुङमा चार मजदुर वेपत्ता

२०७६ कार्तिक १८, १२:१२ डीवि विष्ट

बझाङको बुङ्गल नगरपालिका १ मा  निर्माणधिन कालंगा हाईड्रो पावरको सुरङ भित्र चारजना मजदुर फसेका छन्। कामका लागि आईतबार दिउँसो सुरुङ भित्र पसेका मजदुरहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले काम गर्न भनी सुरङ भित्र प्रवेश गरेका चारैजनाको अवस्था अज्ञात रहेको बताए।

उनका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीया महेन्द्र शाही, सोही स्थानका कर्ण शाही, अछामको तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ वर्षीया महेन्द्र साँउद र बझाङको बुंगल नगरपालीका वडा नम्बर १ का ३५ वर्षीया शेर सिहँ धामीको अवस्था अज्ञात रहेको छ।  

अहिले बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहितका सुरक्षा निकायका प्रमुखहरु घटना स्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी पाण्डेले आठ सय मिटर लामो सुरङमा अक्सिजनको अभाव हुँदा उद्दारमा कठिनाई भएको बताए। उद्दारका लागि अहिले काठमाडौँबाट हेलिकोप्टर मगाईएको प्रजिअ पाण्डेले बताए। नेपाली सेनाको टोली पनि उद्दारमा खटिएको  उनले बताए। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस