सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बस ठक्करका गम्भीर घाईतेको पनि मृत्यु

२०७६ कार्तिक १७, ०७:१६ खबर संवाददाता

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीमा आज दिउँसो बसले ठक्कर दिदा घाईते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ। राजमार्गको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका सोही ठाउँका मानबहादुर चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक प्रकाश कार्कीले उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जानकारी दिए। बसको ठक्करबाट मोटसाईकलमा सवारी सोही स्थानका रामवहादुर चौधरीको भने घटनास्थलमै मृत्यु भएको थियो।

पश्चिमबाट पूर्व जादै गरेको पिकनीकको बसले मोटरसाईकलालई ठक्कर दिएको थियो। दुर्घटना पछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।
 
 

कमेन्ट लोड गर्नुस