सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

। फोटो स्रोत ।
२०७६ कार्तिक १७, ०३:१५ खबर संवाददाता

सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो। दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो।

तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो। यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन। गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्या्सिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे।

कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन्। सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ।
 

कमेन्ट लोड गर्नुस