सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउसीबाट संकलन भएको रकम गौ–संरक्षणका लागि हस्तान्तरण

२०७६ कार्तिक १६, ०६:४८ खबर संवाददाता

धनगढीमा देउसीभैलो खेलेर संकलन भएको रकम गौ–संरक्षणको लागि हस्तान्तरण गरिएको छ। उप–महानगरपालिकामै रहेको ईमरल्ड एकेडेमीका विद्यार्थी तथा शिक्षकहरुले दिपावालीको अवसरमा देउसी, भैलो खेली संकलन गरेको २७ हजार ६ सय ५१ रुपैँया गौ–संरक्षणको लागि हस्तान्त्रण गरेका हुन्। ईमरल्ड एकेडेमीका मन्टेश्वरी संयोजक एलिना गिरी बोहराको संयोजकत्वमा खेलीएको देउसीभैलो बाट संकलित उक्त रमक उप–महानगरपालिकाकै वडा नम्बर ३ मा रहेको गौ–संरक्षण सेवा समितिका अध्यक्ष भोजराज पाठकलाई हस्तान्त्रण गरिएको विद्यालयका संस्थापक हेमराज ओझाले बताए।

कमेन्ट लोड गर्नुस