सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध सहित दुई भारतीय नागरिक पक्राउ

२०७६ कार्तिक १६, ०६:३८ खबर संवाददाता

धनगढीमा लागु औषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भातरको लखिमपुर खिरीका २५ वर्षीय रहेमत अलि र लखिमपुर खिरीकै ३१ बर्षीय मोहमख अफ्जललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटर कैलालीले उनीहरुलाई त्रिनगर सीमा नाकाबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट एक सय मिलिलिटरका ४७ बोतल लागुऔषध कोरेक्स बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटर कैलालीले जनाएको छ। 

उनीहरुले प्रयोग गरेको यूपी ३१ जे ४१०७ नम्बरको मोटरसाईकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ। 
 

कमेन्ट लोड गर्नुस