सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट दुई बालक मृत्यु प्रकरण: पूर्व–पश्चिम राजमार्ग फेरी अवरुद्ध

२०७६ कार्तिक १६, ०४:३१ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि उत्पन्न विवादका कारण पूर्वपश्चिम राजमार्ग फेरी अवरुद्ध गरिएको छ। शुक्रवार दुवैपक्षबिच वार्ता गर्दै विवाद टुङग्याउने सहमतीमा राजमार्ग सुचारु गरिएपनि पीडित पक्षले माग संम्वोधनमा वेवास्ता गरेको भन्दै शनिवार फेरी राजमार्ग अवरुद्ध पारेका हुन्।

जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रवार पनि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका थिए।

आज पनि राजमार्ग अवरुद्ध पार्दै कुनै पनि सवारी साधन चल्न दिइएको छैन्। यातायात व्यवसायी, मृतकका आफन्त र स्थानीय प्रशासनबीच शुक्रबार २ पटक छलफलमा भएपनि सहमती नभएपछि शनिवार पनि राजमार्ग अवरुद्ध पारिएको हो।

शनिबार पनि बसेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएपछि बाध्य भएर राजमार्ग अवरुद्ध पारेको मृतकका आफन्त इन्द्र चौधरीले जानकारी दिए। मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।

राजमार्ग अवरुद्ध गर्दा प्रहरीले स्थानीयमाथि लाठीचार्ज गरेको समेत आरोप लागेको छ।  
 

कमेन्ट लोड गर्नुस