सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७६ कार्तिक १५, १२:३२ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका हुन्। 

अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरुलाई महेन्द्रनगरबाट काठमाडौं गईरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो। उनीहरुलाई ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस