तस्कर छुटाउन रकम असुल्ने धनगढीका सिंहका दुईवटा नागरिकता भेटिए
गत असोजमा कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुलेको आरोपमा पक्राउ परेका धनगढीका गुड्डु भनिने सुमित सिंहसँग दुईवटा नागरिकता भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीसँग दुईवटा नागरिकता भेटिएकाले अनुसन्धान भईरहेको जानकारी दिए।
बस्नेतले जिल्ला प्रशासन कार्यालय कैलालीबाट सुुमित सिंह र कञ्चनपुरबाट अमित प्रताप सिंहको नामबाट दुईवटा नागरिकता जारी भएको पाईएको बताए। प्रारम्भीक अनुसन्धानबाट दुवै नागरिकतामा सिंहको फोटो लगायतका विवरणले दुवै नागरिकता उनकै भएकाले देखिएकाले थप अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरिक्षक बस्नेतले दिनेश खबरलाई जानकारी दिए।
प्रहरीले गत असोज २९ मा भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यक्तिलाई छुटाईदिने भन्दै उनीहरुका आफन्तबाट रकम असु लेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ घर भएका सिंह सहित ४ र अन्य ३ जना गरि ७ जनालाई पक्राउ गरेको थियो।
भारतबाट अवैध रुपमा माछा ल्याउदै गरेको अवस्थामा असोज २७ मा पक्राउ परेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै एक लाख लिएको भेटिएपछि उनीहरुलाई पक्राउ प्रहरीले बताएको थियो। अहिले उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।