सुदूर नेपाललाई विश्वसँग जोड्दै

’सुनाकली’ का निर्देशक भाटलाई मलेसियामा एएफसी ड्रिम एसिया अवार्ड

२०७६ कार्तिक १४, ०२:३८ खबर संवाददाता

कैलाली स्थायी घर भएका पत्रकार एवंम् फिल्म निर्माता भोजराज भाटले मलेसियामा एएफसी ड्रिम एसिया अवार्ड प्राप्त गरेका छन्। मलेसियाको क्वालालम्पुरमा सम्पन्न एएफसी ड्रिम एसिया अवार्ड २०१९ मा भाटले जितेका हुन्। बुधवार सम्पन्न एएफसी सोसल रेस्पोन्सिबिलिटी कन्फ्रेन्समा ’सुनाकली’ डकुमेन्ट्रीका निर्देशक भाटले अवार्ड जितेका हुन्।

२०१५ मा बनेको सुनाकलीमा विकट तथा हिमाली जिल्ला मुगुका किशोरी फुटबलहरुको संघर्षको कथालाई समावेश गरिएको छ। सो डकुमेन्ट्री युरोपका एक सय ३० फिल्म फेस्टिभलहरुमा प्रदर्शन भइसकेको छ। डकुमेन्ट्रीले २० भन्दा बढि अवार्ड पनि जितिसकेको छ।

सो डकुमेन्ट्रीको माध्यमबाट नै ती किशोरीहरुले स्पेनमा डोनोस्टी कप खेल्ने अवसर पाएका थिए। त्यस्तै एनजीओ विधामा ’जापान इन्क्लुसिभ फुटबल फेडेरेसन’ तथा कर्पोरेट तर्फ ’सेल कतार कुरा टाइम प्रोग्राम’ले अवार्ड पाएका छन्।

२७ बलिया आवेदकहरु मध्ये तीन जनाले अवार्ड पाएका हुन्। अवार्ड जित्ने तीनैले १० हजार अमेरिकी डलर पाउनेछन्। त्यस्तै एनजीओतर्फ ’सेल्टर आश्रय नेपाल’ले रजत तथा ’सेङ्घाइ लभ एण्ड ग्रेस स्पोर्ट्स क्लव’ र ’चाइल्डरिच नेपाल’ले काँस्य पदक पाएका छन्। 
 

कमेन्ट लोड गर्नुस