कैलालीमा दुईवटा मोटरसाईकल ठोक्किदा एकको मृत्यु
कैलालीमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा आज बिहान मोटरसाईकल ठोक्किदा सोही ठाउँका ५० वर्षीय देवीराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पश्चिमबाट पुर्वतर्फ जादै गरेको अनटेष्ट मोटरसाईकल र विपरीत दिशाबाट आईरहेको से ७ प ८७५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा आर्चायको मृत्यु भएको बताए।
दुर्घटनामा परी मोटरसाईकल चालक ४६ वर्षीय इन्द्र आचार्य घाईते भएको र अर्का चालक घोडाघाडी नगरपालिका ८ का २३ वर्षीया लोकेन्द्र गुरुङलाई नियण्न्त्रणमा लिईएको बस्नेतले बताए। मृतकको शव परिक्षणका लागि घोडाघोडी अस्पतालमा राखिएको छ।