धनगढीका मेयरका छोरा कुटपिटको आरोपमा पक्राउ
धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका छोरा कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गरेको आरोपमा मेयर ओडका २० वर्षीय छोरा निखिललाई पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षकै पारस जोशीलाई ईटा प्रहार गरी घाईते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घाईते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको उनले बताए। जोशीको निधारमा चोट लागेको छ।