सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईलको ठक्करबाट घाईते महिला भारत रेफर

२०७६ कार्तिक १३, ०२:१२ खबर संवाददाता

कैलालीमा मोटरसाईलको  ठक्करबाट घाईते भएकी महिलालाई भारतको लखनउ रेफर गरिएको छ। भाईटीकाको दिन मंगलबार मोटरसाईकलको ठक्करबाट घाईते भएकी गौरीगंगा नगरपालिका वडा नम्बर २ आमबगैचाकी लक्ष्मी विकको धनगढीमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको प्रहरीले जनाएको छ।

विकको मुखमा गम्भीर चोट लागेको छ। उनलाई आमबगैचाको फुलबारी सडक खण्डमा से ३ प ६६७९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्कर दिने मोटरसाईकल र चालक २७ वर्षीय दिपेन्द्र बमलाई  ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ।   

कमेन्ट लोड गर्नुस