Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सिंघारा खेतीमा आकर्षण

फाईल फोटो
फाईल फोटो
खवर संवाददाता
२०७६ कार्तिक १३, ०२:०२
अ+

थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएपछि महोत्तरीका किसान अहिले सिंघारा खेतीतर्फ आकर्षित भएको छ। मनग्य आम्दानी हुने भएको देखेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको छ। पानीमुनि लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र सुन्दर फल हो। जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय रहेको छ। पानी जमेको खेतमा ठूलो मात्रामा (काँडेदार गुलाफी रंगका सुन्दर र मीठो फल) सिंघारा खेती गरिएको हो।

यस वर्ष जिल्लामा पटक–पटक गरी भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा  ठूलो मात्रामा (काँडेदार गुलाफी रङका सुन्दर र मीठो फल) सिंघारा खेती गरिएको छ। निकै कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपालि सिंघारा खेतीतर्फ आकर्षित भएको जलेश्वर–१ का किसान विजय मुखियाले बताए। यसैबीच वर्षौंदेखि बाँझो रहेको जलाशयमा पनि यस वर्ष लगाइएको सिंघारा खेतीमा स्थानीय १०० बढी घर परिवार लागेको जलेश्वर–६ का किसान शिवजी मुखियाले बताए।

निकै मीठो र लोकप्रिय सिंघारा प्रत्येक वर्ष असोज र कात्तिक महीनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा प्रतिकिलो रु ४०÷५० देखि ६०÷७० बिक्री हुने गरेको र यसबाट आफूहरुले प्रत्येक वर्ष लाखौँ आम्दानी गर्ने गरेको जलेश्वर–३ का किसान रामजी सहनीले बताए। मिथिालाञ्चलभरि पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् भने साधारणतया जोसुकैले पनि वर्षमा एकचोटी बजारमा आउने यो मीठो फल अवश्य नै खाने गरेको जलेश्वर–१० का इदरिश अन्सारीले बताए।

सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारिका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर–८ का किसान लक्ष्मण मुखियाले बताए। सिंघारा खेतीमा हुने मनग्य फाइदा देखेर अचेल यस क्षेत्रका किसान अब सधैँका लागि धानखेती छाडेर यसै खेतीमा लाग्ने मनसायसमेत बनाइरहेको पाइएको छ। जलेश्वर र वरपरका क्षेत्रमा सिंघाराको व्यावसायिक खेती प्रवद्र्धन र विकास विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने कृषि ज्ञान केन्द्र जलेश्वरसँग यसको खेतीबारे कुनै अभिलेख रहेको छैन। जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले सिंघारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकै रुपमा विकास गर्नुपर्ने बताए।