बैतडीमा नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार
अत्यधिक रक्तश्राव भएपछि बैतडीमा एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २३ वर्षीया सुत्केरी महिला धाना साउँदलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याइएको हो।
सुत्केरी व्यथा लागेपछि सोमबार बिहान स्थानीय प्रसूति सेवा केन्द्र लेकममा पुगेकी धाना ९ बजेर ५० मिनेटमा सुत्केरी भएकी थिईन्। सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि उनलाई राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टर मार्फत उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शिशुको अवस्था भने समान्य रहेको छ।