सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइटीकाको व्यग्र प्रतिक्षा, टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

२०७६ कार्तिक ११, ०७:२१ कमल सावद

धनगढीको जालीकी जुगनी चौधरीले मंगलबार परेको भाईटीकाका लागी आवश्यक पर्ने माला, सप्तरंगी टीका, मिठाई लगायतका सामान किनेर ठिक्क पारेकी छन्। चैधरीले दार्जुभाईका लागि आगमनमा लगाएका मखमली फुलका माला सिलेकी छीन्। अन्य केही सामानको प्रबन्ध बजारबाटै मिलाईएको छ। अब केबल उनलार्ई मंगलबार बिहानको ११ बजेर ५५ मिनेटमा परेको भाईटीकाको साईतको मात्र प्रतिक्षा छ। ‘टिकाका लागि आवश्यक पर्ने सामान तयार भएको छ।’ उनले भनिन, ‘घरका परिवारहरु पनि टिकाको प्रतिक्षामा छन्। खान पित त भईरहेको नै छ।’ 

त्यती मात्र होईन चौधरीले घरमा लगाएका सयपत्री फुल बढी भएपछि माला सिउदै बिक्रिका लागि धनगढी समेत पु¥याएकी छन्। घरमा आवश्यक पर्ने माला सिएर राखिएपछि मात्रै उनले बिक्रि गर्न राखिएका माला बजार सम्म ल्याएकी हुन्। परिवारका अन्य सदस्यको सहयोगमा बनाईएका प्रतिमाला ५० रुपैँयामा बिक्रि भएका छन्। हामी किसान हो। उनले भनिन्, ‘खेती गर्दै आएका छौ। बारीमा फुलेका फुलहरु बढि भए। त्यसैले बजार ल्याएका हाैँ। घरका अन्य सदस्यले पनि सहयोग गरेका छन्।’ यमपञ्चक अथात् तिहारको पाँर्चौ दिन भोली भाईटीका मनाईने भएको छ।

दाजुभाई र दिदीबहिनी बिच माया प्रेम आर्शिवार्द साटासाट गन पर्वका रुपमा लिईने भाईटीकाको व्यग्र प्रतिक्षा गरिएको छ। दिदीबहिनीहरुले भाईटीकाको अघिल्लो दिन आज नै मखमली र सयपत्रीको माला सिउलै दाजुभाईलाई टीका लगाउने व्यग्र  प्रतिक्षामा छन्। उनीहरुले टीकामा आवश्यक पर्ने माला सहितका सबै सामानको जोहो गर्दै भाईटीकाको प्रतिक्षामा छन् भने आयातीत प्लाष्टिक र कागजको मालालाई विस्थापीत गरी सयपत्रीको प्रयोगलाई बढावा दिन समेत आग्रह गरिएको छ। दिदीबहिनीले जस्तै दाजुभाई पनि भाईटीकाको व्यग्र प्रतिक्षामै बसेका छन्। वर्षमा एक पटक आउने पर्वमा दिदीबहिनीको हातबाट माला  लगाउदै आर्शिवाद ग्रहण गर्ने प्रतिक्षाको घडी पूरा हुन धेरै समय भने छैन्।

कतिपयले त दिदीबहिनीलाई माला बनाउन र बढि भएका माला बिक्रि गर्न समेत सघाएका छन्। यसपाली, तिहारका लागि आवश्यक फुलहरु प्रशस्त छन्। गाँउघर तिर फुलहरु ढकमक छन्। दिदि–बढिनिको मन पनि मखमली झै उज्यालो भएको छ। वर्षमा एक पटक आउने तिहारले उनीहरु उत्साहित देखिन्छन्। हुन त बजारमाा प्लास्टिकका माला सहजै किन्न पाईन्छन्। तर दिदि–बहिनिहरुले घरमा फुलेका सयपत्री, मखमली, सुपारी फुलका मालालाई पहिलो प्राथामिकता दिएका देखिन्छन्।  

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस