सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै १४ किलोग्राम चरेस सहित बझाङमा एक जना पक्राउ

२०७६ कार्तिक १०, ०४:५५ खबर संवाददाता

झण्डै १४ किलोग्राम चरेस सहित बझाङमा एक जना पक्राउ परेका छन्। जिल्लाको स्याँडी प्रहरी चौकीले १३ किलोग्राम नौ सय ग्राम चरेस सहित कञ्चनपुरका दिनेश जप्रेललाई पक्राउ गरेको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ का उनलाई बझाङको बिच्थरचिर गाँउपालिका वडा नम्बर १ दुधढल्लाबाट पक्राउ गरिएको बझाङ प्रहरीका सूचना अधिकारी ईश्वरी पाण्डेले जानकारी दिए। 
स्याँडी प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरक्षक धन्नजय जोशीको टोलिले उनलाई पक्राउ गरेको हो। चैनपुरबाट धनगढी आउदै गरेको ना ६ ख १६७४ नम्बरको पवनदुत यातायातको बसमा लुकाईछिपाई लगीरहेको अवस्थामा शनिबार राति  चरेस बरामद गरेको सहायक निरक्षक जोशीले जानकारी दिए।  उनलाई थप अनुसन्धानका लागि जिल्ला पठाइएको छ।

 

 

कमेन्ट लोड गर्नुस