सुदूर नेपाललाई विश्वसँग जोड्दै

धेरै दूध उत्पादन गर्ने कृषकलाई अनुदान

२०७६ कार्तिक १०, ०२:३७ खबर संवाददाता

पूर्वी चितवनको कालिका नगरपालिकाले वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादनमा अनुदान दिन थालेपछि कृषक उत्साहित भएका छन्। गत आवमा १२ जना कृषकले अनुदान पाएकामा यस आव यो सङ्ख्या २५ पुगेको छ। अघिल्लो आवको दूधको आधारमा अनुदान दिन थालिएको हो। नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार १० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई रु ३३ हजार तीन सय ३३ का दरले अनुदान दिइएको छ। उनका अनुसार यसरी अनुदान पाउने कृषकमा गत वर्ष ५८ हजार लिटर दूध बिक्री गर्नेसम्मका रहेका छन्। 

कृषकलाई व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने उद्देश्यले अनुदानमा जोड दिइएको प्रमुख श्रेष्ठले बताए। अनुदान दिन शुरु गरेपछि कृषक उत्साहित भएको उनकोे भनाइ छ। यसबाहेक कृषकलाई गोठ सुधारमा रु एक लाखसम्म, घाँसको बीउमा अनुदान, बोयर जातको बोका वितरण, ब्याड राँगा वितरण, ‘काउम्याट’मा अनुदान दिइएको छ। रासस 

कमेन्ट लोड गर्नुस