सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वडा अध्यक्षकै भाईबुहारीको घरको आगनमा चलाईयो डोजर

२०७६ कार्तिक १०, १२:०२ खबर संवाददाता

बझाङमा सडक निर्माण गर्ने भन्दै वडा अध्यक्षकै भाईबुहारीको आगनमा डोजर चलाईएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर बोहोराको भाईबुहारी धानाको घर आगनमा डोजर चलाईएको हो। वित्थडदेखि महादेव माध्यमिक विद्यालय जाने सडक निर्माणका क्रममा घर परेपछि आगनमै डोजर चलाईएको हो। वडा अध्यक्ष बोहोराले भने आफ्नै भाईबुहारीको  घर भएकाले सहमतीमै  ठेकेदारले डोजर चलाएको दावी गरे।

उनले एक महिला समेत रहेकी आफ्नी भाईबुहारी  डडेल्धुराको भालुमारे छोरासंग बस्दै आएको बताउदै सहमतीमै क्षतीपूती भरेर डोजर चलाईएको दिनेश खबरलाई बताए। उक्त सडक संघिय सरकारको समपूरक अनुदानको ५५ लाखमा निर्माण व्यवसायी देवेन्द्र बोहोराले ठेक्का पाएको वडा अध्यक्षले जानकारी दिए।

‘खेतबाट लैजादा धेरै क्षती हुने भएकाले स्थानीय राजनीतिक दलको सहमतीमै घरको आगनबाटै सडक निर्माण गरिएको हो’बोहोराले दिनेश खबरसंग भने, ‘ठेकेदारले घरधनीलाई क्षतीपूती वापत डेढ लाख दिएका छन्।’      

कमेन्ट लोड गर्नुस