धनगढीमा अटो रिक्साको ठक्करबाट पैदल यात्रुको मृत्यु
धनगढीमा अटो रिक्साले ठक्कर दिदा एकजना पैदल यात्रुको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ डी गाउँमा शनिबार साँझ स्थानीय गणेश विकले चलाएको अन टेस्ट अटोले ठक्कर दिदा सोही ठाउँका ५६ वर्षीय रामबहादुर लोप्चनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले अटोको ठक्करबाट घाईते भएका लोप्चनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।