भारतबाट अवैध रुपमा गाडी ल्याएर धनगढीमा बेच्ने भारतीय नागरिक पक्राउ
भारतबाट अवैध रुपमा गाडी ल्याएर धनगढीमा बिक्री गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ बोराडाँडीमा नेपाल अटो ट्रेडर्स सञ्चालन गर्दै आएका भारत लखिमपुरका ४२ बर्षीय मनु अन्सारी पक्राउ परेका हुन्।
अन्सारी भारतबाट चोरेर वा भन्सार छलेर सवारी साधन ल्याउँदै नेपाली गाडीका इन्जिन र चेसिस नम्बरमा फिट गरेर विक्री गर्ने धन्दामा लामो सदयदेखि सक्रिय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतबाट चोरीका गाडीसंगै अन्य गाडीहरु पनि सस्तोमा पाईने भएकाले अवैध रुपमा उनले धनगढी भित्र्याउँदै आएका थिए।
सोही गाडीमा ईन्जिन र चेसिस नम्वर फेरेर नेपाली बजारमा विक्री गर्न अन्सारी ससिक्रय रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनलाई भर्खरै पक्राउ गरिएकोले थप अनुसन्धान भईरहेको बताए।
उनले उक्त धन्दा गरिरहेको नेपाल अटो ट्रेडर्स र साविकको यातायात कार्यालय नजिकै रहेको छ। उक्त अवैध धन्दामा यातायात कार्यालयका कर्मचारीको पनि संग्लना हुन सक्ने अनुमान गरिएको छ।