सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘माछा माछा’को ट्रेलर रिलिज

२०७६ कार्तिक ९, ११:३८ खबर संवाददाता

२९ कार्तिकमा रिलिज हुने ‘माछा माछा’को ट्रेलर रिलिज भएको छ। सिनेमाको ट्रेलरमा सस्पेन्स र कमेडी देखिन्छ। तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन्।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ।
 

कमेन्ट लोड गर्नुस