कैलालीमा ३३ हजार नगद सहित ७ जना जुवाडे पक्राउ
कैलालीमा ३३ हजार नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १२ मा स्थानीय खगेन्द्र साउदले चलाएको होटलबाट ३३ हजार ८ सय सहित ७ जना जुवाडे पक्राउ परेका हुन्। साउद सहित सोही ठाउँका २५ बर्षीय अमृत विक, ३८ बर्षीयशंकर परियार, ३७ बर्षीय रामवहादुर आउजी, २८ बर्षीय रोहित बिसी, २९ बर्षीय सुरेश बडैला र अछाम साँफेवगर नगरपालिका वडा नम्वर २ का २१ बर्षीय प्रकास कुँवर पक्राउ परेका हन्।