कैलालीमा पटका बरामद गरी नष्ट
कैलालीमा पटका बरामद गरि नष्ट गरिएको छ। प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले बरामद गरेको पटका नष्ट गरिएको हो। शिवशक्ति पटका ४० थान, उज्याला फायर सात प्याकेट, रोलक्याप्स २५ प्याकेट, स्टारकल १८ प्योकट बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै चक्रम एक सय थान, श्रीमेल ४५ थान, ट्रकी पटका नौँ प्याकेट र लोकल मार्क ५० थान बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।