सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकामा ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण

२०७६ कार्तिक ८, ०२:०२ खबर संवाददाता

कैलालीको जानकी गाउँपालिकामा ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको छ। काठमाडौँ घर भएर हङकङमा बस्दै आएकी अनुपमा क्षेत्री लगायतको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको हो।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरीको उपस्थितीमा वडा नम्बर १ का १८ जना ज्येष्ठ नागरिकलाई एक–एक ब्लाङकेट वितरण गरिएको हो।

ब्लाङकेट वितरण कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतो, प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्ट, पत्रकारद्धय सम थापा र तीर्थ जैसी लगायतको उपस्थिती रहेको थियो। 

कमेन्ट लोड गर्नुस