सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेङ्गुका कारण एक जनाको मृत्यु

२०७६ कार्तिक ७, ०२:५९ खबर संवाददाता

स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ। कार्यालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो। कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो। हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८ सय ७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २ सय ८० जनामा संक्रमण देखिएको छ। भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ। रासस
 

कमेन्ट लोड गर्नुस