सुदूर नेपाललाई विश्वसँग जोड्दै

२९ लाख ९० हजार धरौटीमा छुटे धनगढीका सुनचाँदी व्यवासायी, छोरा कारागार चलान

२०७६ कार्तिक ६, ०४:२७ खबर संवाददाता

धनगढीमा राजश्व छलीको आरोपमा पक्राउ परेका एक जना सुनचाँदी व्यवसायी पुर्पक्षका लागि कारगार चलान भएका छन् भने उनका बुवा धरौटीमा रिहा भएका छन्। राजश्व छलीको मुद्धा लागेका बाबुछोरा मध्ये छोरालाई कारागार चलान र बुवालाई धरौटीमा रिहाई गरिएको हो।

जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल ईजलाशले धनगढीको शुभम् सुनचाँदी पसलका सञ्चालक सुशिल कुमार राजपुतलाई २९ लाख ९० हजार धरौटीमा रिहाई गरिएको हो भने उनका छोरा अतुल वर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले बताए। 

राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको थियो। कैलाली प्रहरीले गत भदौँमा भारतबाट २९ लाख ८० हजार श्रोत नखुलेको रकम ल्याउदै गर्दा अतुल बर्मालाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो।

अनुसन्धानका क्रममा बैँक खातामा समेत थप सात करोड ५१ लाख २८ हजार बराबरको कारोबार भएको देखिएको थियो। कारोबार र आम्दानीको अनुपात नमिलेपछि बाबुछोरा विरुद्ध नै मुद्दा दर्ता गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस