सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अवैध चाँदीका गरगहना विक्री गर्ने दुई जना भारतीय पक्राउ

२०७६ कार्तिक ५, ०७:३६ खबर संवाददाता

डडेल्धुरा प्रहरीले अवैध रुपमा चाँदीका गरगहना विक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ।  जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारबाट भारतको पलिया घर भएका ३८ बर्षिय बिनोद बर्मा र ३६ बर्षिय सुबोद बर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ।  उनीहरुको साथबाट ८० तोला बरारबका चादीका पायल पनि बरामद गरिएको डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए। बरामद गरिएको चाँदी आवश्यक  कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहरपुर बाँके पठाइएको छ।

कमेन्ट लोड गर्नुस