सुदूर नेपाललाई विश्वसँग जोड्दै

खक्रौला नाकामा क्वारेन्टाईन नहुँदा समस्या

२०७६ कार्तिक ४, १०:३६ कमल सावद

खक्रौला नाका मुख्य नाकाको रुपमा स्तरबृद्धी भएपनि क्वारेन्टाईन समेत नहुँदा समस्या भएको छ। स्तरबृद्धीको एक बर्ष वितेपनि अहिले सम्म क्वारेन्टाईन समेत स्थापना हुन नसकेको हो। मुख्य नाकाको निर्णय भएको झण्डै ६ महिनापछि गत कार्तिक ५ गते कैलालीको सत्ति भन्सार कार्यालयलाई पूर्ण अधिकार दिइएको थियो।

राजपत्रमा सूचना प्रकाशन गर्दै सत्ति भन्सार कार्यालयलाई भन्सारमा हुने सबै काम गर्न अधिकार दिइएको छ। भौतिक संरचना र कर्मचारीको अभावले समस्या भएको सत्ति भन्सार कार्यालयका प्रमुख रामचन्द्र ढकालले बताए।  

मुख्य नाकामा स्तरबृद्धी भएको एक बर्ष सम्म कैलालीको खक्रौला नाकामा क्वारेन्टाईन समेत स्थापना नभएको उनले बताए। उनका अनुसार सत्ति भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी छ। छ जना सुव्वाको दरबन्दी रहेकोमा तीन जना मात्र कार्यरत रहेको उनले बताए। 

विगतमा कैलाली भन्सार कार्यालय मातहतको रहेको सत्ति भन्सार कार्यालय गत वर्षको कार्तिक देखि भन्सार विभागबाटै सञ्चालन भईरहेको उनले बताए। कैलाली भन्सार कार्यालयको मातहतमा हुदाँ सत्ति भन्सार कार्यालयमा कर्मचारी पनि कैलाली भन्सार कार्यालयले नै पठाउदै आएको थियो। तर अहिले विभागले पठाउने गरेको छ। भारतबाट आयात तथा भारत निर्यात गर्ने बस्तुको चेक–जाँचका लागि क्वारेन्टाईन समेत छैन्। जस्ले गर्दा पशु तथा कृषि उपज आयात निर्यातमा बढि समस्या हुने गरेको छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस