सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा सप्तरङ्ग संगीत यात्राको कार्यक्रम महेन्द्रनगरमा हुने

२०७६ कार्तिक २, ०३:०५ खबर संवाददाता

सप्तरङ्ग संगीत यात्राको दोश्रो चरण अन्तरगत सुदूरपश्चिम प्रदेशमा महेन्द्रनगरमा कार्यक्रम हुने भएको छ। झापाको विर्तामोडबाट सुरु हुने यात्रा अन्तरगत सुदूरपश्चिम प्रदेशको कार्यक्रम महेन्द्रनगरमा हुने भएको हो। ३० गते खुलामञ्चमा कार्यक्रम हुने छ। 

ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओडको सहभागिता रहेने छ।

‘कलाकारिताको माध्यमबाट सबै प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संगीत यात्रा आयोजना गरिएको हो,’ ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले भने, ‘संगीत यात्राका कार्यक्रम सबै प्रदेशका एक–एक स्थानमा हुने छ।’

प्रदेश १ को विर्तामोड, प्रदेश २ को वीरगन्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको महेन्द्रनगरमा हुने उनले जानकारी दिए। कार्यक्रमहरु कार्तीक २० गतेबाट सुरु गरिने छ। 
 

कमेन्ट लोड गर्नुस