सुदूर नेपाललाई विश्वसँग जोड्दै

छेडेदह तालमा रमाउँदै आन्तरीक पर्यटक

२०७६ कार्तिक १, ०६:४६ प्रकाश सिंह

बाजुरा– पहिले छेडेदह तल हेर्न जानेहरु छेउमा पुग्ने, फोटो खिच्ने र फर्किने गर्थे। तर आज भोली ताल हेर्न पुगेका सबैजसो ताल हेर्ने र फोटो खिचेर मात्र फर्किदैनन्, जलयात्रा समेत गरेर फर्किने गरेका छन्। जिल्लाको छेडेदह तालमा पहिलो पटक डुङ्गा सञ्चालन भएपछि यस्तो सम्भव भएको हो।

ताल घुम्न पुगेकाहरुका लागि हाल २ वटा डुङ्गा विहान ९ बजेदेखि नै तयारी अवस्थामा हुन्छन्। खप्तड छेडेदह गाउँपालिका ७ का कार्यबाहक वडा अध्यक्ष लालबहादुर खड्काले असोज २६ गतेदेखि छेडेदह तालमा डुङ्गा पनि सञ्चालन भईरहेको बताए। प्रथम छेडेदह महोत्सवको अवसरमा कर्णाली नदीमा र्याफ्टीङ्गका लागि प्रयोग हुने २ वटा आधुनिक डुङ्गा तालमा बोटिङ्गका लागि राखिएका उनले बताए। ‘ताल हेर्दा जति आनन्द लाग्थ्यो त्यो भन्दा बढी तालमाथि डुङ्गामा घुम्दा आनन्द आयो।’ स्थानीय नवराज रावतले भने। त्यसैको अवसरमा महोत्सव हेर्न आएकाहरुका लागि तालमा घुमाउन डुङ्गा ल्याएको आयोजक जयमालिका यातायात प्रालिका अध्यक्ष प्रेम नाथ योगीले बताए।

तालको संरक्षण गर्नु पहिलो उदेश्य हो, त्यसको आनन्द सर्वसाधारणले विभिन्न प्रकारले लिन सकुन भन्ने उद्देश्यले स्वामिकार्तिक गाउँपालिकासँगको सहकार्यमा डुङ्गा सञ्चालन गरिएको अध्यक्ष नाथले बताए। तालमा पहिलो पटक डुङ्गा चढेर सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गरेका थिए। छेडेदह जिल्लाकै ठूलो ताल हो। मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने र रारा खप्तड पैदलयात्रासँगै जोडिएकोले महिमा बढी छ। तर संरक्षण अभावमा ओझेलमा छ।

महोत्सवले तालको संरक्षण र प्रचारमा सकारात्मक प्रभाव पर्ने खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए। गाउँपालिकाले अव देखि तालमा नियमित डुङ्गा राख्ने तयारी समेत थालेको छ। डुङ्गा चढ्ने आकर्षण बढेकोले अनिवार्य जस्तै भएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। छेडेदह प्रमुख गन्तव्य मध्येको एक हो, यसको संरक्षण संरचना निर्माणपछि मात्र हुने भएकोले डुङ्गा अनिवार्य सञ्चालनगर्न आवश्यक रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीप्रकाश शाहले उद्घाटन सहीत यात्रा गर्दा बताएका छन्।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस