जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७६ असोज २९, ११:०७
धनगढीका नविन पनेरुले जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। उपमहानगरपालिकाको वडा नम्बर १२ बस्ने १७ वर्षीय पनेरुले जन्म दिनको अवसरमा सडक मानवलाई आश्रय दिदै आएको मानव सोव आश्रमलाई सहयोग गरेका हुन्। उनले आश्रमलाई पुरानो तर लगाउन मिल्ने ७० जोर कपडा, साबुन, चाउचाउ, ब्रस, कोलगेट लगायतका समान सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस