धनगढीमा तास खेलिरहेको अवस्थामा वडा अध्यक्ष र कर्मचारी पक्राउ
धनगढीमा ८८ हजार नगद सहित पक्राउ परेका ७ जना जुवाडे मध्ये केही सरकारी कर्मचारी र वडा अध्यक्ष रहेको खुलेको छ। उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट पक्राउ परेका ७ जना मध्ये दुई जना सरकारी कर्मचारी र एक जना वडा अध्यक्ष रहेको खुलेको हो।
बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उपप्रवन्धक नरवहादुर ऐर र अन्य एक जना खाद्यको कर्मचारी रहेको प्रहरी श्रोतले जनाएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ बर्षिय हरिसिंह बोहरा, सोही ठाउँका ३७ बर्षीय गणेश बहादुर साउद, ४२ बर्षीय तारा चन्द, वडा नम्वर ५ का ३३ बर्षीय प्रकास भाट र कन्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने ४८ बर्षीय गिरीराज पाण्डेय पनि पक्राउ परेका थिए। उनीहरु विरुद्ध जुवा ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ।