सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरमा राष्ट्र निर्माण महोत्सव हुने

२०७६ असोज २८, ०८:५० खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउंपालिकाले राष्ट्र निर्माण महामहोत्सवको आयोजना गर्ने भएको छ। पर्यटन वर्ष २०२० लाई सफल पार्न र गाउंपालिका भरिका धार्मीक पर्यटकीय तथा प्राकृतीक रमणीय स्थानहरुको प्रचारप्रसार गरि यी ठाउंहरुलाई देशै भर चिनाउन महोतसवको आयोजना गरिन लागेको गाउंपालिकाले जनाएको छ।

 

समग्र पंञ्चेश्वरकोे औद्योगिक विकासका लागि लोक कल्याणकारी ट्रष्ट महा– अभियान अन्तर्गत महोत्सवको आयोजना गरिन लागेको गाउंपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए। महोत्सव आयोजनाको लागि व्यवस्थापन समिति गठन गरि काम अगाडी बढाइएको उनले बताए। उनका अनुसार महोत्सब कार्तीक २१ गते देखि मसिंर दुई गते सम्म सञ्चालन हुने छ।

पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकास संगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विस्वास लिइएको गाउंपालिकाले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस