सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्की युवक हत्या प्रकरण : थप चारजना पक्राउ

२०७६ असोज २७, ०७:१९ खबर संवाददाता

कैलालीको लम्कीमा दुई समूहबिच भएको झडपमा परि एक जनाको मृत्यु भएको घटनामा संलग्न भएको घटनाका थप चारजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। ग्त २० गते राती लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा भएको झडपमा परि घाईते भई उपचारका क्रममा १३ बर्षीय बखत भण्डारीको मृत्यु मृत्यु  घटनामा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ कै १९ वर्षीय नवराज बम, २० वर्षीय ज्ञानेन्द्र शाही, १९ वर्षीय पारश शाही र हिक्मत शाही रहेको प्रहरीले जनाएको छ। यसअघि घटनामा संलग्न भएको आरोपमा लम्कीकै बृहस्पती शाही र जिवन रावललाई प्रहरीले पक्राउ गरेको थियो। मृतकका आफन्तले ६ जना विरुद्ध दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस