सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवभूमि डोटी

२०७६ असोज २७, १२:००

भक्त बहादुर बलायर

मेरो डोटी कति राम्रो ईश्वरले हेरेको ।
तामागिरी तेले लेग खप्तडले घेरेको ।।
देव+अटवी  देव–वाटिका देवाटवी रह्यो ।
देवाटवी द्यौटी हुँदै डोटी नाम भयो ।।
सत्यवती तपोवन अनेक नामको ।
स्कन्द पुराणमा वर्णन यो पुण्यधामको ।। 
ईश्वरको सृजना हो कुबेरको थलो ।
शैलेश्वरी नेत्रेश्वरी गर्छन् सधंै भलो ।।
तेलेलेक लालीगुराँस काफल गुयला ।
खप्तड त्रिबेणी दर्शन सब कष्ट धुयला ।। 
खप्तड बाबाले चुने खप्तड आफ्नो कुटी ।
खप्तडका पाटन भरि संजीवनी बुटी ।। 
स्वर्ग यै छ खप्तडमा धरती माझको ।
कति राम्रो दृश्य छटा बिहानी साँझको ।। 
खप्तड स्वामीका आश्रम बस्न पाउने भाग्य । 
खप्तड जगाउँछ भाव श्रृजित हुन्छन् काव्य ।।
शैलेश्वरी देहिमाण्डौ केदार भागेश्वर ।
लाटामष्टा बन्थडि साईँ गन्याप दिल्पेश्वर ।। 
अश्द्वाला बासुधारा गंगानान गोल्मा ।
सालमडि पडे तेडी भैँरु थाउल्या भल्मा ।।
खप्तड मूल भई वग्ने शैलावती सायल ।

अश्द्वाला अर्वुदेश्वर दुर्गा देवी पायल ।।
अश्द्वाला शिवजी गुफा दग्ुधधारा लिङ्ग ।
जेठी वौरानीका डाँडा पूर्वतिर सिङ्ग ।।
पश्चिममा गोलेदेउला उत्तर तामागिरी ।
दक्षिण गज्जड गुफा पस्छन प्वाल छिरी ।।
अश्द्वाला दर्शन गर्ने शैलावती न्वाउने ।
यै लोक आरोग्य बनी शिवलोक पाउने ।। 
मल्सिमी देउलीकुण्डे समै—लुवा खडी ।
दुधेमष्टा दुधधारी दडेमष्टा गढी ।। 
आदिम, दाडे, तेडी मष्टो,खप्परे, रुमला ।
दुधे, लडे,रुद्र,कैली, मण्ड्ली, मुण्डा, काला ।। 
गिरीचौका मष्टा तेडी गै¥याल् सुना देवी ।
देवीले रचेको डोटी गाउँ पिच्छे वेदी ।।
लानाकेदार गौणीबाग ल्वाखडी भूमिदेउ ।
काफली कालीका देवी यो विन्ति सुनि लेउ ।। 
बड्डाकेदार भागेश्वर निरौली कालीका ।
उदैनी केदार साना पाताल मालीका ।।
लोटने मसानी तेडी केदार जलादेवी ।
साजेन्द्र वालुवा देवी कालापातल वेदी ।।
पासारोल सेला रंगी निमाउने बेताल ।
छडदेउ धन्तोल भैँरु आजित छेडाल ।।
तामागिरी गोलेदेउला सकारका लेग ।
ईश्वरको रचेको थलो हाम्रो डोटी भेग ।। 
सेती नदी कंचनपानी सलल बगेकी ।
शैलेश्वरी नेत्रेश्वरी सर्वदा तकेकी ।।
तप्तकुण्ड सीताकुण्ड तीर्थ सेती नदी ।
देवभूमि पुण्यभूमि तीर्थ थान कति ।। 
घन्टेश्वर गोल्मेश्वर पीठ भागेश्वर ।
ईङ्डे  तेडी सलेटापु लाटा दुधेश्वर ।।
त्रिवेणी खप्तड पाटन नागढुङ्गा कुटी ।
अखण्ड बलेको दीप काँडा थापा गुठी ।। 
तेले चर्ने मृग शावक खप्तड कस्तुरी ।
खोली बास्ने न्याउली कोइली डाँफे लेक धुरी ।। 
प्राकृतिक बासस्थान पशुपंछि मान्छे ।
खोली बास्ने कोईली चरी आप्mनै घर ठान्छे ।। 
मृगका बथान डाँडा दावा चिउला चर्छन् ।
पानी पिउन बथान बनि नदी खोला झर्छन् ।। 
रतुवा घोरल थार बाह्रसिङ्गे जरायो ।
झारल कस्तुरी बँदेल जलओद खरायो ।।
चितुवा खप्तडी भालु व्वाँसो पाटेबाघ ।
गुना बान्नर मलपासो खप्तड बस्ने काग ।। 
डाँणीका डँणाग बाघ गजलिया सिउँ । 
चितुवाको रासो वासो खप्तडका हिउँ ।। 
डाँफे मुनाल मैना चरी सुगा कोईली न्याउली ।
सारंङ छिरविरे चरी रंगी चंगी प्याउली  ।।
कालीकौवा मालीकौवा हुवाग परेवा ।
लाटोकोस्रो गिद्व चील गरुड मलेवा ।। 
श्यामकुकुडो काकर सल्लो छईटेल्लो चाखुडो ।
शाही बाज काकुल चील गिङडो भ्याकुडो ।। 
लामपुच्छे्र लुइचे पिउरो कालिज तितरो ।
राईपिप्ले मलचरी कटकोर् पित्तेउलो टिटुरो ।। 
हावापानी विविधता काफल आम पाउने । 
फलफुल लटरम्म मौसम पिच्छे आउने ।।
एउटै डाँडा विविधता हावापानी पाइने ।
सबै बस्तु जुटाएको मानवलाई चाहिने ।। 
पर्दैन अन्यत्र धाउनु गर्मि जाडो आउँदा ।
जाडो घाम छलिई जान्छ लेगवेसी धाउँदा ।। 
प्रकृतिको खानी डोटी ईश्वरले रचेको । 
प्राकृतिक बैभव खन्याई जतनले सजेको ।। 
कति राम्रा डाँडा काँडा छहराको पानी ।
इन्द्रेणी धरती छुन्छ यहि हो स्वर्ग ठानी ।। 
प्रभात झुल्कने घाम लाली छरि दिन्छ ।
वासा बेल बुडने बेला मन हरि लिन्छ ।। 
खप्तड सुरम्य भूमि कुबेर्को राजधानी ।
पुण्यभूमि देवभूमि प्रकृतिकी खानी ।।
थलथले उच्चतम घाँटी सलक्क परेको ।
फुलेका नौरंगी पूmल बासना छरेको ।।
प्राचीन कुबेर भूमि गल्फ कोर्ट बन्छन् ।
खप्तड घुम्ने सबै यात्री स्वर्ग भूमि भन्छन् ।। 
विभिन्न थरिका रुख औषधी पुतली ।
कार्पेट विछाए जस्ता फुलेका फुलती ।। 
यसै ठाउँमा बस्नु पाउनु यसै ठाउँमा घुम्नु ।
ईश्वर वरदान दिन्छन यसै भूमि रम्नु ।।
सबैको लोभिन्छ मन धर्ती स्वर्ग देखि ।
यै भूमिमा जनम पाउनु ल्याउनु पर्छ लेखि ।। 
लटरम्म फलफुल चरा गीत गाउने ।
दुई वर्ष लम्बिन्छ आयु खप्तडमा आउने ।। 
कार्पेट बिछाए जस्तो खप्तड पाटन फुल ।
चराको विर विर बोली बृक्ष लता झुल ।। 
औषधी फुलेका बेला जीउ झम्म हुन्छ ।
फोक्सो सफा रक्त शुद्व पछि सम्म रन्छ ।। 
धर्तीमा स्वर्गको दर्शन गलैचा फुलको ।
पुतली रसपिई लट्ठ पराग धुलको ।। 
सेतीका नदीका तीर उब्जाउ ठूला फाँट ।
वनमा कोईलीका गीत मन्दिरमा घाँट ।। 
यो माटो सुगन्ध आउँछ धर्ती सुन फल्छ ।
खप्तड सुगन्धी हावा यसै भूमि चल्छ ।।
चन्दन पर्वत यतै शिलादेवी थान ।
तिर्थालुको स्वप्न भूमि दर्शन गर्न जान ।।
शान्ति पीठ शैलेश्वरी नेत्रेश्वरी माता ।
स्कन्दपुराणमा वर्णन शैलेश्वरी गाथा ।। 
शैलेश्वरी दर्शन गरे जीवन हुन्छ धन्य ।
शिवलोक बास पाउँछ यिन्को गाथा सुन्ने ।। 
दर्शन गर्नेले उनको समिप बास पाउँछ ।
शैलेश्वरी दर्शन गरि नेत्रेश्वरी न्वाउँछ ।।
शैलेश्वरी नेत्रेश्वरी बडीहुन मालीका ।
शैलपुत्री महागौरी यिनै हुन कालीका ।।
धन्य मेरो प्यारो डोटी देवीले हेरेको ।
क्या राम्रो धर्तीमा स्वर्ग डाँडाले घेरेको ।। 
शैलेश्वरी जाँत खुवै श्रद्घासाथ गर्छन् ।
स्वदेश विदेशवाट आई मेला भर्छन् ।।
वैकुण्ठ चतुर्दशी रतेउडी तिनै गाउँ ।
रातभरि पाठ  किर्तन  उनै माँको नाउँ ।।
रतेउडी धामी गाउँ पुन्ना सिलगाउँ राती ।
देउरो आउँछ सिल्गाउँ र धामी गाउँबटी ।।
चर्तुदशी राती भोग नगरेर ढीला ।
बान्नल लाग्दछ भोग नागेश्वर शिला ।।
भोग लागे देउरो रातै फर्किन्छ धामी गाउँ ।
दोस्रो देउरो माथितिर भण्डार सिलगाउ ।।
दुवै ठाउँका देउरा फेरी दिउँसो शैलेश्वरी ।
तिर्थालुको धुईचो लाग्छ दर्शन गर्ने गरि ।।
दिउसेडी दिउसो हुन्छ देउरो आपैm काम्छ ।
देउरो कामी सर्न लाग्दा केवल धामी थाम्छ ।।
डेउडा गीत मांगल चैत खेल्छन धुमारी ।
आ—आफ्नो गीतमा मस्त पुरा धित मारी ।।
सवैको भेटधाट हुने देवी सेवा पनि ।
भेट्ने पठाउँछन् निम्तो जाँत भेटने भनि ।।
वाह्र वर्ष माघ शुक्ल पंचमी तिथीमा ।
लख्य होम शुरु गर्छन तोकेको मितिमा ।।
पुर्णिमा विर्सजन हुन्छ पंचमि थालेको ।
कति वर्ष आगो रन्छ कुण्डमा वालेको ।।
घिउ तिल जउँको चरु व्राह्मण हवन गर्छन । 
गुठी चन्दा पोखल उठाई पुरा कोटा भर्छन ।।
कैले त कोटी होम गर्छन उनसठ्ठीमा भैथ्यो ।
स्वदेशी विदेशी आउन पुरा खबर गैथ्यो ।।
शैलेश्वरी लक्ष होम लाटामाण्डौ पनि ।
स्वदेशी विदेशी आउँछन कुम्भ मेला भनि ।।
वैरकोट लाटामाण्डौ लाटा देउका माण ।
तिनै देउको गिल्ला भणार भणारीका पाण ।।
वाह्र वर्ष माघ शुक्ल पंचमी नै तिथी ।
भारतको रुपकुण्ड खुल्छ त्यसै मिति ।।
भारत कनौज वाण गाउँको रुपकुण्ड ।
वाण गाउँको राजपाट भारत उत्तर खण्ड ।।
लाटु देउको ठूलो मन्दिर त्यही छ रुपकुण्ड ।
लक्ष होम दर्शन गर्न आउँछ भारत खण्ड ।।
पिपल पैया काठ ल्याई आगो वाल्छन दियो ।
तलमाथी पिपल काठ विच पैया वियो ।।
वलिया विरले वियो रसि वाधी धुमाई ।
दुई जना वलिया विर पिपल काठ समाई ।।
रगडी रगडी काठ धप्प आगो वल्छ ।
त्यो आगो  दियोमा सल्काई होम कार्य चल्छ ।।
त्यो आगो कुण्डमा लगि कुण्ड आगो वाल्छन ।
व्राह्मण होम कार्य गर्न त्यती खेरै थाल्छन् ।। 
लाटामाण्डौ लक्ष होम वाह्र व्राह्मण आउँछन ।
वाह्र व्राह्मण वाह्र विणा आफ्ना विणा पाउँछन ।।
पहिले देखिका विणा त्यहिका व्राह्मण चाहिने ।
पुर्खाले गरेको ठाउँमा उनकै सन्तान पाईने ।।
पूर्णिमा सम्पन्न हुन्छ लख्य होम पुरा ।
वासमय रंगीचंङ्गि लाटामाण्डौ धुरा ।।
राती किर्तन डेउडा गीत नाच गान कति ।
माण्डौमा सम्पूर्ण आउँछन घरमा हुने जति ।।
विदेश भएका पनि छुट्टी मागी आउँछन ।
वाह्र वर्षे लाटा देउका श्रद्धा सेवा लाउँछन ।।
होम सकि त्यसै जेठ षष्टि तिथी दिन ।
सलेटापु देउरो जान्छ नदी स्थान लिन ।।
त्यसै रात सलेटापु रतौडी गर्दछन ।
दिउसोमा दिउसेडी गरि सवै मेला भर्छन ।।
वाह्र वर्षे जाँत हुन्छ सलेटापु जान्छन् ।
विहान बयाल खेली रङसलले लान्छन् ।।
जाने वेला कोटेडाको लाटाभोग लाउँछन ।
फर्कदा सिनडा लाटा भोग लाई आउँछन ।।
विहान नदीमा न्वाई फेरी जाँत हुन्छ ।
वालावुढा गन्यमान्य ज्युनार त्यसै वन्छ ।।
सलेटापु देउरो जाने लक्ष होम पछि ।
मष्टा ल्याए दाईना दमाउँ सेती नदी पसि ।।
प्रत्येक माण्डौमा जाँत कार्तिक शुक्ल पक्ष ।
देउताको सेवामा जुटछन हेरी आफ्नो गछ्य ।।
पूर्णिमा समाप्त हुन्छ देव पर्व जात ।
दिउसेउडी दिउँसो गर्छन रतेउडी त रात ।।
ग्रामदेव कुलदेउता शक्तिमाता देवी ।
देउताको गाथमा पुजा देवी पुजा वेदी ।।
ग्राम्यदेव कुलदेउता देवी शैलेश्वरी ।
सवैलाई आशिष दिनु माता नेत्रेश्वरी ।। 

कमेन्ट लोड गर्नुस