सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्काइभेटरले किचेर डडेल्धुरामा एकको मृत्यु

२०७६ असोज २७, ०९:०४ खबर संवाददाता

डडेल्धुरामा स्काइभेटरले किचेर एकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ४ जालटुडामा स्काइभेटरले किचरे आइतबार राती ५२ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको हो। उनी वडा नम्बर ४ कै स्थानीय रहेको डडेलधुरा प्रहरीले जनाएको छ।

जोगबुडाबाट डोटीको बुडरतर्फ जादैगरेको बा २ क ५४६४ नम्बरको स्काइभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको डडेलधुरा प्रहरीले जनाएको छ। स्काईभेटर प्रहरीको नियन्त्रणमा छ।

चालक शेरबहादुर महरा फरार रहेका डडेलधुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ददिराम न्यौपानेले बताए। उनको खोजिका लागि प्रहरी परिचालन गरिएको छ। शव पोष्टमाटमका लागि अस्पताल पठाइएको छ। 

 

कमेन्ट लोड गर्नुस