सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनमा गौशालालाई आर्थिक सहयोग

२०७६ असोज २६, ०४:११ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्बर २ की निर्मला बोहराले आफनो जन्मदिनको अवसरमा गौशालालाई आर्थिक सहयोग गरेकी छन्। बोहराले धनगढीको गौ संरक्षण सेवा समितिले चटकपुरमा सञ्चालन गरेको गौशालालाई सहयोगार्थ २२  जन्मोत्सबको अवसरमा आईतबार आर्थिक सहयोग स्वरुप  तीन हजार पाँच सय ५५ रुपैया प्रदान गरिन्। बोहोरा र उनका बुबा गणेश बहादुरले संयुक्त रुपमा समितिका अध्यक्ष भोजराज पाठकलाई रकम हस्तान्तरण गरे। बोहोराले जन्म दिनमा अनावश्कय खर्च गर्नुको सट्टा गौशला व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले रकम सहयोग गरिएको बताईन्। बोहोरा काठमाडौंमा अध्ययन गर्दै आएकी छन्। ‘अहिले छाडा गाईगोरुका कारण विभिन्न समस्या आइरहेका छन्। छाडा पशु चौपायाको व्यवस्थापनका लागि स्थापनाप गरीएको गौशालामा सहयोग गर्न पाउदा खुशी लागेको छ।’ उनले भनिन्। छाडा गाईको व्यवस्थापनका लागि भन्दै असोज १८ गतेदेखि गौशला सञ्चालनमा ल्याइएको थियो।

कमेन्ट लोड गर्नुस