सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब चीनमा नेपाली सुन्तला निर्यात गरिने

२०७६ असोज २६, ०२:५१ खबर संवाददाता

चिनियाँ राष्ट्रपति सी चिनपिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ। केही वर्षदेखि कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात रोकिएको थियो। आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो। नेपाली उत्पादनको बजार बिस्तार र व्यापार घाटा न्यूनिकरणका लागि समझदारी फलदायी हुने कृषि मन्त्रालयको विश्वास छ।
 

कमेन्ट लोड गर्नुस