सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बालिका बलात्कारको आरोपमा किशोर पक्राउ

२०७६ असोज २६, ०८:५१ खबर संवाददाता

धनगढीमा एक बालिकालाई  बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरवेहडीमा १२ बर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय किशोर पक्राउ परेका हुन्।

शनिवार राती ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन्। आफन्तले खवर गरेपछि १४ बर्षीय किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनी फरार रहेको अवस्थामा पक्राउ गरिएको उनले बताए। बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ भने किशोरको अहिले स्वास्थ्य परिक्षण भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस